२१ बैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट भएको छ ।
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका हुन । उनले पार्टीका उपमहासचिव वर्षमान पुन पनि सँगै लिएर गएका छन । भेटमा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलसमेत सहभागी छन । प्रधानमन्त्री ओली र दाहालबीच सङ्क्रमणकालीन न्यायलगायतका विषयमा छलफल भएको छ ।