|  

रवीन्द्र मिश्र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२१ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको थियो ।

संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौं पटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।

रवीन्द्र मिश्रसँगै दुर्गा प्रसाईँको पनि ५ दिन म्याद थपिएको छ ।