|  

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

२१ वैशाख, काठमाडौं । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर आइतबार बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएको बताए ।

रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।