२२ बैशाख, काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधारका लागि नागढुंगा–नौबिसेखण्ड आज रातिदेखि बन्द गरिने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार आज रातिदेखि ३१ गतेसम्म राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन ‘आंशिक’ रूपमा रोकी निर्माण गरिनेछ ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।
आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।