२२ बैशाख, काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।
हात्तीवन सडकको ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेको छ ।
दुर्घटनापछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएका छन् । घाइतेहरुको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।