|  

महिला टी-२० विश्वकप छनोटः नेपालले पहिलो खेल हङकङसँग खेल्ने

२२ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गतका खेल तालिका सार्वजनिक गरेको छ ।

जस अनुसार नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।  समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।