|  

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

२२ बैशाख, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेको हो। जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला१ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।