|  

विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

२२ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन् ।

आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा पोस्ट गर्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ । अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्’ पोस्टमा उनले लेखेका छन् ।

यो अन्य देशहरूद्वारा सङ्गठित प्रयास भएको र त्यसैले यो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको उनले बताए । ट्यारिफको प्रक्रिया सुरु गर्न वाणिज्य मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको पनि उनले बताएका छन् ।‘हामी फेरि अमेरिकामा बनेका चलचित्रहरू चाहन्छौँ,’ उनले लेखेका छन् ।