२२ बैशाख, काठमाडौं । भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा शाहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुखले रुलिङ गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् ।
साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिएका हुन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा शाहको रहस्यमय मृत्यु भएको थियो ।