|  

रेशम चौधरीको पक्राउबारे भोलिसम्म जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

२२ बैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे चित्तबुझ्दो जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् । यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

एकीकरण सभामा पुगेका रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याइएको उल्लेख गर्दै लालवीर चौधरीले सरकारले यो घटनाका सम्बन्धमा जवाफ दिनुपर्ने माग गरे ।