|  

लुटपाट, आगजनी र बियर चोरेर व्यवस्था बद्लिँदैनन्ः सूर्य थापा

२२ बैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले लुटपाट, आगजनी र चोरी गरेर व्यवस्था नबद्लिने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले चोरी डकैतीका हर्कतले व्यवस्था नबद्लिने बताएका हुन् ।

‘संविधान बमोजिम शपथ खाएर आएका सांसद यहीँ हुनुहुन्छ । लोकतन्त्र गणतन्त्र होइन वंशाणुगत राजा चाहिएको छ ।तर, कथित व्यवस्था बदल्नुपर्छ भन्नेहरू यही हुनुहुन्छ । चैत १५ गते तीनकुनेमा राजा चाहिन्छ भन्नेहरूले गरेको नागरिकमा घरमा चोरी, डकैती, चोरी, कस्ता कस्ता हर्कत भए हामी सबैले देखेनौं र ?’ थापाले भने, ‘लुटपाट, आगजनी र बियर चोरेर बद्लिँदैनन् । सपना नदेख्नुस् । सपना र निद्राबाट ब्यूँझेर यथार्थलाई बुझ्नुस् । छिपछिपे सहकारी ठगीमा परेकी सांसद कहाँ हुनुहुन्छ ? छानबिनको दायरामा ल्याउन चुनौती दिन्छु ।’