|  

चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु, नत्र व्यापार नै गर्न सकिन्नः डोनाल्ड ट्रम्प

२२ बैशाख, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा लगाइएको ट्यारिफ हटाउने बताएका छन् ।

अमेरिका र चीन दुवैले सम्भावित व्यापार वार्ताबारे आफ्नो अडान केही लचिलो बनाइरहेको समयमा ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

‘कुनै बिन्दुमा म चीनमाथि लगाइएको ट्यारिफ घटाउनेछु । नत्र उनीहरूसँग व्यापार नै गर्न सकिन्न’ एक अन्तरवार्तामा ट्रम्पले भने । चिनियाँहरूले व्यापार गर्न मरिहत्ते गरिरहेको अनि उनीहरूको अर्थतन्त्र पनि धराशय हुँदै गइरहेको पनि उनले बताए ।

हप्तौँसम्म जस्तालाई त्यस्तै गर्ने नीतिपछि अमेरिका र चीनले एक अर्काको देशबाट आफ्नो देशमा आउने सामानमा ट्यारिफ बढाएर क्रमशः १४५ प्रतिशत र १२५ प्रतिशत पुर्‍याएका छन् ।