|  

युक्रेनमा आणविक हतियार हान्नु नपरोस्ः पुटिन

२२ बैशाख, काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताएका छन् ।

एक अन्तर्वातामा उनले उनले यस्तो टिप्पणी गरेका हुन् । आइतबार प्रसारण गरिएको पुटिनको घोषणामा हालसम्म युक्रेनमा आणविक हतियार प्रयोग गर्ने अवस्था नआएको र त्यस्तो अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताए।

उनले युक्रेनमा जारी द्वन्द्वको तर्कसंगत समाधान गर्ने क्षमता र साधन रुससँग रहेको बताए ।