२२ बैशाख, काठमाडौं । डिजिटल भुक्तानी सञ्जाल फोनपे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्थाका रूपमा सरकारबाट सम्मानित भएको छ ।
८ औँ राष्ट्रिय आईसीटी दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारलाई सम्मान पत्र प्रदान गरेका हुन । यो सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवद्र्धनमा गरेको योगदानको उच्च मूल्याङ्कन गरेको कम्पनीको भनाई छ ।
‘फोनपेले नेपालको आइसीटी इकोसिस्टमको विकास र वृद्धिमा खेलेको महत्वपूर्ण भूमिकालाई यस सम्मानले थप प्रस्ट्याउँछ’ कम्पनीले भनेको छ, ‘डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा फोनपेले सधैँ नगदरहित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय समावेशीकरण, र व्यवसाय तथा उपभोक्तालाई सशक्त बनाउने समाधानहरू विकास गर्न प्रतिबद्ध रहँदै आएको छ।’