|  

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौतीपूर्ण छः काँग्रेस

२२ बैशाख, काठमाडाैं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक अभावका कारण कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

संसद भवन परिसर नयाँ बानेश्वरमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक घिमिरेले कतिपय नीति तथा कार्यक्रमहरु लागू गर्नसक्ने खालका नरहेको बताएका हुन् । आर्थिक समस्याका कारण सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्णरुपमा लागू हुन्छ भन्नेकुरामा शंका रहेको उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावको आधारमा नीति तथा कार्यक्रमहरु समग्र रुपमा राम्रो आएपनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताए ।

उनले निति तथा कार्यक्रम कार्यान्वयनको चुनौतीलाई कसरी सामना गर्ने भन्नेकुरा सरकारको लागि गम्भिर प्रश्न रहेको बताए ।