|  

काठमाडौं महानगरले विद्यालयलाई भन्यो- विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिनु

२२ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई नेपाली भाषामा सम्वाद गर्न निर्देशन दिएको छ ।

महानगरभित्र सञ्चालित केही विद्यालयले स्कुल परिसरभित्र विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न रोक लगाएको अभिभावकहरुको व्यापक गुनासोपछि यस्तो निर्देशन दिइएको हो । महानगरले आज सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै विद्यालयको शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिन भनेको छ ।

साथै, नेपाली भाषामा सम्वाद गरेकै कारण विद्यार्थीलाई दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न महानगरको चेतावनी छ ।