|  

आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिएर काममा फर्काउनू : शिक्षा मन्त्रालय

२२ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका विषयमा चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकको निर्णय नम्बर १ स्मरण गराएको हो । सरकारी स्वास्थ्य सेवाको आठौँ तह सरह मासिक ४८,७३७ रुपैयाँ सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन विज्ञप्तिमा भनिएको छ ।