२२ बैशाख, काठमाडौं । भारतीय दुतावासले सांस्कृतिक साँझ र पूर्व विद्यार्थीहरुको भेलाको आयोजना गरेको छ ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७५ औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र नेपालका विद्यार्थीहरू र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का पूर्व विद्यार्थीहरुले संगीत र नृत्य प्रस्तुत गरेका छन । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का पूर्व विद्यार्थीहरुले पनि आफ्नो प्रेरणादायी यात्रा र आफ्नो करियरलाई अघि बढाउन भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले खेलेको भूमिकाको बारेमा आफ्ना धारणा राखे ।
उक्त कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले आफू भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को विद्वान भएको नाताले त्यससम्बन्धी आफ्नो अनुभव सुनाए । उनले नेपाल र भारतबीचको सदियौं पुरानो ऐतिहासिक र सभ्यतागत सम्बन्ध र बलियो सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धको प्रशंसा गरे ।
साथै,उत्सवको अवसर पारी उनले भारतीय दूतावास काठमाडौंमा टाँकी रूखको बिरुवा पनि रोपेका छन् ।
नेपाल र भारतबीचको सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धलाई सुदृढ पार्न भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महत्वपूर्ण भूमिका रहेको बताए ।