२३ बैशाख, काठमाडौं । संघीय संसद अन्तरगत दुवै सदनको बैठक बस्दैछ ।
आज प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक मध्यान्ह् १२ः१५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ । बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।