|  

धनकुटा बस दुर्घटना अपडेटः मृतककाे संख्या ३ पुग्याे

२३ बैशाख, काठमाडौं । धनकुटामा हिजो बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । यसअघि बस चालक सुनसरीको धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ र धनकुटा नगरपालिका-६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल)को मृत्यु भएको थियो ।

हिजो बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका– ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते १२ जनाको उपचार भइरहेको छ । उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल धनकुटा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।