|  

रुसी राजधानीलाई निशाना बनाएर रातभर युक्रेनको ड्रोन आक्रमण, मस्कोका सबै विमानस्थल बन्द

२३ बैशाख, काठमाडौं । युक्रेनले रुसी राजधानी मस्कोलाई निशाना सँधेर रातभर ड्रोन आक्रमण गरेको छ ।

मस्कोलाई निशाना साँधेर युक्रनेले लगातार दोस्रो रात ड्रोन आक्रमण गरेको रुसले दावी गरेको हो । युक्रेनले गरेको ड्रोन आक्रमणबारे टेलिग्राममा जानकारी दिँदै रुसको एभिएसन वाचडग रोसावियात्सियाले सुरक्षाको सुनिश्चितताका लागि राजधानीका सबै चार विमानस्थल अस्थायी रूपले बन्द गरिदिएको बताएका छन् ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिएका छन् । उनका अनुसार कम्तिमा पनि १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबा६ शहरमा पुग्नुअगावै नष्ट भएका थिए । उनले नष्ट गरिएका ड्रोनको भग्नावशेष शहर आउने प्रमुख राजमार्गभन्दा केही पर झरेका बताएका छन । युक्रेनी आक्रमणमा हताहति भएरनभएको भने यकिन विवरण सार्वजनिक भएको छैन ।

उता युक्रेनले भने यसबारेमा टिप्पणी गरेको छैन । तर, युक्रेनको शहर खारकिभका मेयरले रुसले रातभर शहर तथा किएभमा ड्रोन आक्रमण गरेको बताएका छन ।