२३ बैशाख, काठमाडौं । आज आइपिएलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच खेल हुने भएको छ ।
मुम्बईस्थित वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ७ः ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा मुम्बई इण्डियन्स ११ खेलमा ७ जित र ४ हारसहित १४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै गुजरातले १० खेलमा ७ जित र ३ हार सहित १४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ । प्लेअफको दौडमा रहेका दुवैका लागि यो खेल महत्वपूर्ण रहेको छ । यस सिजनमा दुवैबीच यसअघि मार्च २९ मा भएको खेल गुजरातले ३६ रनले जितेको थियो ।