२३ बैशाख, काठमाडौं । नेपाल प्रहरीको वेवसाइट ह्याक भएको छ ।
केही दिन अघि काजु नामक ह्याकरले वेवसाइट ह्याक गरेर झण्डै २० लाख नागरिकका संवेदनशील डेटा चोरेको थियो । नेपाल प्रहरीका ती सबै डेटालाई बिक्रीका लागि डार्क फोरम प्लेटफर्ममा राखिएको छ । ह्याकरले प्रहरीका डेटाको मूल्य न्यूनतम ७ हजार अमेरिकी डलर तोकेको छ ।