२३ बैशाख, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन्।
आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको उनकाे भनाइ छ । उनले हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाए । अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको बताए । विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनैपनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देशन दिए ।