|  

एकैदिन तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२३ बैशाख, काठमाडाैं ।  साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहकेको छ ।

यता आज चाँदीको मूल्य पनि बढेको । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।