|  

रेशम चौधरी घटनामा प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्ः श्रेष्ठ

२३ बैशाख, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संरक्षक रेशम चौधरीमाथि प्रशासनिक मनोमानीका आधारमा वैशाख १७ गते पक्राउ गरिएको घटनाप्रति निष्पक्ष छानबिनको माग गरेको छ ।

पार्टीकी सांसद रञ्जिता श्रेष्ठले प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू हुनेबित्तिकै चौधरीलाई प्रशासनिक मनोमानीका आधारमा पक्राउ गरिएकोले छानबिन हुनुपर्ने बताइन्।

‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु- यो घटनाको गहिरो अध्ययन होस्,’  श्रेष्ठले भनिन्, ‘बैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको व्यवहकारको सार्वजनिक जबाफ दिइयोस्।’

बैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमानसिंह विष्टको अनधिकृत पत्रकार आधारमा रेशम चौधरी पक्राउ परी पाँच घण्टा डिल्लीबजार कारागारमा रहेर रिहा भएका थिए।