सोमवार ७ जेष्ठ, २०८२  | Monday 19 May, 2025 

इजरायलद्धारा एकैदिन यमन, लेबनान र सिरिया र गाजामा आक्रमण, ५४ जनाको मृत्यु 

२३ बैशाख, काठमाडाैं । इजरायलले एकै दिन यमन, लेबनान, सिरिया र गाजामा हवाई आक्रमण गरेको छ ।

गाजामा गरेको आक्रमणबाट ५४ जनाको ज्यान गएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्यहाँको अस्पतालको अवस्था एकदमै खराब छ । ४८ घण्टामा नै सो अस्पताल ध्वस्त हुन सक्ने छ। अहिले उपचार गराइरहेका हजारौँ जनाको जीवन समेत खतरामा परेको छ ।

हाउथीले इजरायलको राजधानीमा लक्षित गर्दै मिसाइल प्रहार गरेपछि इजरायलले यमनमा आक्रमण गरेको हो। इजरायलले लेबनानको बेका उपत्यकामा आक्रमण गर्दै सिरिया अधीनस्थ गोलान हाइटको बङ्कर नास गरेको जनाएको छ।त्यहाँको रेडक्रस सोसाइटीले गाजाले अझ ठुलो सङ्कटको सामना गर्नुपर्ने अवस्था आएको जनाएको छ।