|  

पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी

२३ बैशाख, काठमाडाैं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सिंहले पाकिस्तानी सेनाको टोली ४ मेमा नेपाल आएको बताएका हुन् । सिंहले संसदमा पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा नेपाल आएको समेत बताए ।

सांसद सिंहले संसद्मा भने, ‘नेपाल सरकारले ४ मेमा ११ जना पाकिस्तानी सेनाको डेलिगेसन बोलाएको छ । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ आएको हो ।

ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा आएको छ ।’ नेपालका छिमेकी मुलुकहरू भारत र पाकिस्तानबिच पहलगाम घटनापछि तनाव रहेको बेलामा नेपाल सरकारले डेलिगेसन बोलाएको भन्दै उनले असन्तुष्टि समेत पोखे ।