|  

रेशम चौधरीको गिरफ्तारीबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

२३ बैशाख, काठमाडाैं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा)सदन अवरोधबाट पछि हटेसँगै नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो । सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोज्दा जनमत र नाउपाका सांसदले सदनमा उभिएर अवरोध गरेका थिए ।

उनीहरूले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटनाबारे जवाफ माग गरेका थिए । सभामुखले आगामी वैशाख २५ गतेको संसद् बैठकमा गृहमन्त्रीले जवाफ दिने मौखिक खबर आएको जानकारी दिएपछि दुई दलका सांसद बसेका थिए ।