|  

सिरहामा भारी वर्षा, कमला नदीमा पानीको बहाब बढेपछि आवतजावत बन्द

२३ बैशाख, काठमाडाैं ।  सोमबार रातिदेखि परेको वर्षाले सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ ।

नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ ।

आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएका छन् ।