२३ बैशाख, काठमाडाैं । पाकिस्तानले सोमबार फेरि मिसाइल परीक्षण गरेको छ ।
गएको अप्रिल २२ मा भारतको कश्मीरमा २६ पर्यटकको हत्यापछि यी दुई देशबीच तनाव बढिरहेका बेला पाकिस्तानले मिसाइल परीक्षण गरेको हो ।
पाकिस्तानी सेनाले १२० किलोमिटर (७५ माइल) दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल परीक्षण गरिएको जनाएको छ । यो प्रक्षेपण सैनिकहरूको युद्ध तयारी निश्चित गर्ने उद्देश्यले गरिएको स्रोतले जनाएको छ ।
पाकिस्तानले यसअघि गएको शनिबार ४५० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल परीक्षणको घोषणा गरेको थियो । यो दूरी पाकिस्तानी सीमाबाट नयाँ दिल्लीसम्मको लगभग बराबर हो ।