२३ बैशाख, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट र बिचौलियाहरुको संरक्षण गर्ने मेरूदण्ड भएको बताएका छन् ।
मंगलबार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘देशमा कोही पनि सुरक्षित छैनन् । कर्मचारी सुरक्षित छैनन्,सुरक्षाकर्मी सुरक्षित छैनन्,पत्रकार सुरक्षित छैनन्,स्वास्थ्यकर्मी सुरक्षित छैनन्,शिक्षकहरू सुरक्षित छैनन्, युवाहरू सुरक्षित छैनन्,कलाकारहरू सुरक्षित छैनन्,उद्योग व्यवसायीहरू सुरक्षित छैनन् । सिर्फ यो देशमा भ्रष्ट बिचौलियाहरू मात्रै सुरक्षित छन्। त्यसैले भन्छु यो सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने एउटा मेरुदण्ड हो।’