२३ बैशाख, काठमाडाैं । हमासका एक जना वरिष्ठ अधिकारीले गाजामा नयाँ युद्धविराम गर्न र बन्दीहरू रिहा गर्ने सम्झौताका लागि थप वार्ता गर्नुको कुनै तुक नभएको बताएका छन् ।
इजरायलले जर्बजस्ती गाजा कब्जा गर्ने विस्तृत योजनालाई पारित गरेपछि हमासको यस्तो प्रतिक्रिया आएको हो ।उनले इजरायलले गाजामा युद्ध चर्काइरहेकोले आफूहरू नयाँ प्रस्तावमा अल्झेर नबस्ने बताए ।
व्यापक स्तरमा कारबाहीको उद्देश्य हमासले कब्जा गरेर राखेको बन्दी फिर्ता ल्याउने र उनलाई निर्णायक हार चखाउन भएको सोमबार इजरायली सेनाले भनेको थियो ।
आफूहरू गाजामाथि कब्जा गर्ने र त्यहाँका अधिकांश बासिन्दालाई विस्थापित गर्ने युद्धमा आबद्ध हुने इजरायली अधिकारीहरूले पनि भनेका थिए ।