|  

बैशाख २९ गते सुर्खेत जाने प्रचण्डकाे तयारी

२३ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाख २९ गते सुर्खेत जाँदैछन ।

उनी माओवादी निकट युवा संगठन वाइसीएल नेपालको कर्णाली प्रदेशस्तरीय सम्मेलन उद्‌घाटन गर्न जाने भएका हुन । बैशाख २९ र ३० गते सुर्खेतमा आयोजना हुन गइरहेको वाइसीएल नेपालको प्रदेश सम्मेलनको प्रचण्डले उद्‌घाटन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेशका संयोजक शोभाराम भण्डारीले बताए ।