२३ बैशाख, काठमाडाैं । गत शुक्रबार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना क्षेत्रस्थित गैरीगाउँको भित्री सडकमा जमिन भासिएर बेपत्ता भएको गाडी पत्ता लगाउन परिचालित भूगर्भविद्को टोलीले सम्भावित लोकेसन फेला पारेका छन् ।
प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी उक्त गाडीको सम्भावित लोकेसन पत्ता लगाइएको भूगर्भविद्ले बताएका छन् ।
शुक्रबार ना४च ४८३३ नम्बरको बोलेरो गाडी घाँस काट्ने मेसिन लोड गरी त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको थियो । जग लगाएर गाडीलाई निकाल्ने प्रयास गर्दा अचानक गाडी नै जमिनमुनि भासिएर बेपत्ता भएको हो ।