२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता प्रदिप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ ।
दाहसंस्कारका लागि साँझ ६ बजेको समय तोकिएको छ । साँझ ६ बजेसम्ममा विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले जानकारी दिए ।
नेपालको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।