|  

उदयपुरमा खोलाले बगायो यात्रुबाहक बस 

२३ बैशाख, काठमाडौं ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सिवाईस्थित त्रियुगा खोलामा रातको समयमा आएको भेलले यात्रुबाहक बस बगाएको छ।

गएराति करिब ११ बजे सिवाईबाट बेल्टारतर्फ गइरहेको को १ ख ४७५३ नम्बरको बस अस्थायी होम पाइपबाट बनेको बाटोमा खोलाको भेलमा फसेको थियो ।

रातको समयमा खोलाको बहाव तीव्र रहेकाले तत्काल बस निकाल्न नसकिने अवस्था भएपछि मंगलबार बिहान खोलाको थप भेलले पाइप समेत बगाउँदा बस खोलातिर झरेको प्रहरीको भनाइ छ । घटनामा मानवीय क्षति भने भएको छैन।