२४ बैशाख, काठमाडौं । भारतीय सेनाले बुधबार राति ‘अपरेशन सिन्दूर’अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका ‘आतंकवादी’ शिविरहरूमा एयर स्ट्राइक गरेको छ।
भारतीय सेनाको उक्त अपरेशन अन्तर्गत कुल ९ स्थानहरूलाई लक्षित गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनालाई उदृत गर्दै समाचारमा उल्लेख छ ।
२२ अप्रिलमा कश्मीरको पहलगाममा हमला भएको थियो। यसमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो । आक्रमणकारीहरुले पर्यटकहरूलाई उनीहरूको धर्म सोधेपछि गोली हानेको बताइएको छ।
यसैबीच पाकिस्तानी सञ्चार सेवाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा ‘कायरतापूर्ण आक्रमण’गर्दै मध्यरातपछिको समयमा मिसाइल आक्रमण गरेको बताएका छन् ।