२४ बैशाख, काठमाडौं । भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको छ ।
भारतले गरेको मिसाइल आक्रमणमा ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ ।
गत महिना भारतको कश्मीरमा आतंकवादीहरूले गरेको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली पनि परेका थिए । भारतले यसको प्रतिशोध लिने चेतावनी दिँदै आएको थियो ।
बुधबार पाकिस्तानका विभिन्न स्थानहरूमा भएको आक्रमण त्यसैको प्रतिक्रिया हो भन्ने अनुमान गरिएको छ।यसैबीच, पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने पनि बताएको छ।