२४ बैशाख, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन् ।
शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन् ।
शाहबाज शरीफले भने, ‘पाकिस्तानलाई यो बिना उक्साएको भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ। सम्पूर्ण राष्ट्र आफ्नो सेनासँग एकताबद्ध छ। हाम्रो मनोबल र संकल्प अटल छ। हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ। पाकिस्तानका जनता र यसका सेना कुनै पनि खतराको सामना गर्न र पराजित गर्न पूर्ण रूपमा तयार छन्। शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिइने छैन।’