२४ बैशाख, काठमाडौं । मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) ‘ग्लोबल मिडिया डाइलगः २०२५’ सम्पन्न भएको छ ।
मे १–४ मा आयोजित सम्मेलनमा ९० भन्दा बढी सदस्य देशबाट सरकारी अधिकारीसहित करिब १० हजार सम्बन्धित क्षेत्रका प्रतिनिधि सहभागी थिए ।
एक हजारभन्दा बढी कृयटर, तीनसय भन्दा बढी कम्पनी र साढे तीन सयभन्दा बढी ‘स्टार्टअप’ ले शिखर सम्मेलनमा भाग लिएका थिए सम्मेलनमा नेटफ्लिक्स, अमेजन, गुगल, मेटा, सोनी, रियायन्स, टाटाजस्ता विश्वका अग्रणी संस्था र कम्पनीका प्रतिनिधिले भाग लिएका थिए ।सम्मेलनको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले विशेष सम्बोधन गरेका थिए । सम्मेलनको अन्त्यमा १३ बुँदे घोषणा–पत्र जारी गरिएको थियो ।
घोषणापत्रमा सहभागी देशका सरकारका प्रतिनिधिले मनोरञ्जन क्षेत्रलाई स्वतन्त्रता, सृजनशीलता र विश्व सामञ्जस्यता प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वैश्विक मिडिया पर्यावरणलाई ‘समाज, बजार र पृथ्वीको हित र फाइदाका लागि सृजनशीलता, संस्कृति र सहकार्यको सिद्धान्त अनुरूप उपयोग गर्ने’ प्रतिबद्धता समेत घोषणा–पत्रमा उल्लेखित छ ।