२४ बैशाख, काठमाडौं । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ ।
बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन् । चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ‘खेदजनक’ भनेको स्रोतले जनाएको छ।
मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि छ।‘चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दुःखद मानेको छ। हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,’मन्त्रालयको विज्ञप्तीमा भनिएको छ।
चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।