२४ बैशाख, काठमाडौं । भारतीय सेनाले मंगलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी ठेगानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ ।
भारतीय सेनाका अनुसार कुनै पनि पाकिस्तानी सैनिक आधार शिविर र ब्यारेकमाथि आक्रमण गरिएको छैन ।
पाकिस्तान अधिनस्थ कश्मिरस्थित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबका सेल्टरलाई मात्रै लक्ष्य बनाएर हवाई आक्रमण गरिएको छ ।