|  

भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील

२४ बैशाख, काठमाडौं ।  भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गल्ती नगर्न दुवै देशलाई आग्रह गरेका छन् ।

सैन्य आक्रमण कुनै समाधान नभएको उनको भनाइ छ । उनले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए । अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको उनको भनाइ छ ।