|  

भारतको पानी देशभन्दा बाहिर बग्न दिँदैनौँः मोदी 

२४ बैशाख, काठमाडौं । भारतले अन्तर्राष्ट्रिय सीमाभन्दा बाहिर आफ्नो देशका नदीको पानी बग्न रोक्ने घोषणा गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारतको पानी भारतकै फाइदाका लागि बग्ने बताएका छन् ।अब, भारतको पानी भारतको फाइदाका लागि बग्नेछ, यसलाई भारतको हितमा संरक्षण गरिनेछ र भारतको प्रगतिका लागि प्रयोग हुनेछ,’ मोदीले भनेका छन् ।

मोदीले पाकिस्तानको नाम उल्लेख नगरे पनि यो टिप्पणी भारतले पाकिस्तानसँगको ६५ वर्ष पुरानो पानी साझेदारी सन्धि निलम्बन गरेको दुई हप्तापछि आएको हो ।गत महिना भारतको कश्मीरमा पर्यटकमाथि भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध तीव्ररूपमा बिग्रिएको छ ।