२४ बैशाख, काठमाडाैं । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले सुशासन दिन नसकेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली राजनीति र दलहरूले इतिहास, परम्परा, संस्कृति र धर्म बिर्सिएको जस्तो देखिएको बताए । उनले जानुपर्ने पर्ने गन्तव्य अर्कैतिर भएपनि आफूहरू आफ्नै आत्मरतिमा रमाउँदा जनतामा छाएको निराशालाई सम्बोधन गर्न नसकिएको बताए । उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउँदै यसमा दल र सरकार विशेषले मात्र नभई राष्ट्रिय एकता निर्माण गर्नुपर्ने जिकिर गरे । उनले निषेधको बाटोबाट बाहिर निस्किएर आत्मरतिमा रमाउन छोड्नुपर्ने धारणा राखे ।
सांसद गौतमले मुलुकलाई राम्रो बाटोमा लैजाने कोशिस गरेको खण्डमा सोचेको नेपाल बनाउन सकिने बताउँदै अलमलमा परे कहीँ पुग्न नसकिने बताए । उनले दल र सरकारमा रहेका शिर्ष नेताहरूलाई राजनेताको भुमिका निर्वाह गर्न आग्रह समेत गरे । उनले भने, “हामीले इतिहास बिर्सिएको जस्तो, हामीले परम्परा बिर्सिएको जस्तो, हामीले संस्कृति बिर्सिए जस्तो, धर्म बिर्सिएको जस्तो देखिएको छ । हामी जानुपर्ने पर्ने गन्तव्य एकातिर छ, तर हामी आफैँ आफ्नै किसिमको आत्मरतिमा रमाएको अनुभुतिले गर्दा आम जनतामा छाएको निराशालाई सम्बोधन गर्न सकेका छैनौँ । हामीले सुशासन दिन सकेकै छैनौँ । भ्रष्टाचार नियन्त्रण गर्न सकेकै छैनौँ । यो कुनै दल विशेष, सरकारले विशेषले मात्रै गर्नसक्ने होइन, यसमा हामीले राष्ट्रिय एकता निर्माण गर्नुपर्छ । निषेधको बाटोबाट हामी बाहिर निस्किनुपर्छ । हामीले आत्मरतिमा रमाउन छोड्नुपर्छ । मुलुकलाई एउटा राम्रो बाटोमा लैजाने कोशिस ग¥यौं भने हामीले सोचेको नेपाल बनाउन सक्छौँ, होइन भने हामी यत्तिकै अलमलमै प¥यौ भने हामी कहीँ पनि पुग्न सक्दैनौँ । म हाम्रा नेताहरूलाई आग्रह गर्न चाहन्छु, राजनेताको भुमिका निर्वाह गरिदिनुस् ।”
उनले भारत र पाकिस्तानबीच युद्ध शुरु भएको भन्दै यसले पार्ने प्रभाव नकारात्मक हुने समेत जिकिर गरे ।