|  

पाकिस्तानी अभेनत्री हानिया र माहिराले भारतलाई भने कायर

२४ बैशाख, काठमाडौं । भारतको २२ अप्रिलमा पहलगाममा भएको आक्रमणको बदलाले पाकिस्तानी कलाकारहरूमाझ हलचल उत्पन्न भएको छ ।

त्यहाँका प्रसिद्ध कलाकारहरूले भारतको हवाई आक्रमणको आलोचना गरेका छन् । भारतीय फिल्म उद्योगमा काम गरिसकेकी माहिरा खानले आतंकवादमाथिको यो प्रतिआक्रमणलाई कायरतापूर्ण भनेकी छिन् ।

पाकिस्तानकी सबैभन्दा लोकप्रिय अभिनेत्रीहरूमध्ये एक माहिरा खानले लेखिका फातिमा भुट्टोले आक्रमणको आलोचना गर्दै गरेको ट्वीट पुनः  पोस्ट गरेकी थिइन् । माहिरा खानले भारतको बदला लिने कारबाहीको निन्दा गरेकी छिन् । ‘साँच्चै नै कायर..., अल्लाहले हाम्रो देशको रक्षा गरून् र हामीले राम्रोसँग बुझ्न सकौँ, आमेन’ माहिराले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् ।

अभिनेत्री हानिया आमिरले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा एक शब्दमा प्रतिक्रिया दिएकी छिन् । उनले यसलाई कायरता भनेकी छिन् ।