शुक्रवार १८ जेष्ठ, २०८२  | Friday 30 May, 2025 

बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृत्यु

२४ बैशाख, काठमाडौं । बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका-९ तल्लादेहीकी १४ वर्षीय सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानीयले बताएका छन । सिमा आज दिउसो आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी थिइन ।

उनको काफलको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारीले जानकारी दिए । उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन ।