२४ बैशाख, काठमाडौं । भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हाल मुम्बई इण्डियन्सबाट आइपिएल खेलिरहेका रोहितले तुरुन्तैदेखि लागु हुनेगरी टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।
भारतले आगामी जुनमा इङल्याण्डमा टेस्ट सिरिज खेल्दैछ । सो सिरिजका लागि टिम छनौटको तयारी भइरहेका बेला रोहितले सन्यासको घोषणा गरेका हुन् । उनले एकदिवसीय क्रिकेट भने खेल्ने बताएका छन् । उनले गत बर्ष टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रियबाट पनि सन्यास लिइसकेका छन् ।
सन्यासको घोषणा गर्दै रोहितले भनेका छन्- 'म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु । मेरो देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि पूर्ण सम्मानको कुरा हो । वर्षौंदेखिको सबै माया र समर्थनको लागि धन्यवाद । म एकदिवसीय ढाँचामा भारतको प्रतिनिधित्व गरिरहनेछु ।'
३८ बर्षिय रोहितले भरतका लागि ६७ टेस्ट खेलेका छन् । जसमा उनले १२ शतक र १८ अर्धशतकसँगै ४३०१ रन बनाएका छन् ।