|  

आईपीओ निकाल्न खाेज्ने कम्पनीका सबै फाइल अख्तियारले लग्यो

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासन स्वीकृतिका लागि आवेदन दिएका कम्पनीका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको छ । बिचौलियमार्फत कमिसन मागिएको भन्ने समाचार बाहिरिएपछि अख्तियारले बुधबार छापा मारेको थियो ।

यसबारे छानबिन गर्न बुधबार बोर्डबाट कागजात ल्याइएको अख्तियारले जनाएकाे छ । बुधबार खुमलटारस्थित बोर्डको कार्यालयमा छापा मार्न अख्तियारको टोली पुगेको थियो ।

आयोगले बोर्डमा छापा मारेर आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको बारेमा सोधपुछ मात्रै गरेको पनि बताइएकाे छ ।

हाल ४३ हाइड्रोपावरसहित ८९ कम्पनीले बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।